बराहक्षेत्र मन्दिरका परेवा भकाभक मर्दै

तु खबर संवाददाता
२०७४ मंसिर ६, बुधबार १४:०५
तस्बिर–गुगल

इटहरी, ६ मंसिर । हिन्दू धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवा भकाभक मर्न थालेको छन ।

बराहक्षेत्रका मुख्य मन्दिरबाहेक सूर्य भगवान् लगायतका मन्दिरको छत वा मन्दिर परिसरमा नै थुप्रै परेवा मर्नुका कारण के हो भन्ने सम्बन्धमा सम्बन्धित निकायले जाँच नगरेकाले भन्न सक्ने अवस्था नरहेको त्यहाँका पुजारीको भनाइ रहेको छ ।

बराहक्षेत्र मन्दिर नजिकै घर रहेका भक्त श्रेष्ठले मन्दिरका परेवा भकाभक मरेको विषयमा प्रश्न गर्दा उहाँले मन्दिरको चुना खाएर परेवा मरिरहेको जानकारी दिनुभयो ।

मन्दिरका परेवा चुना खाएर झोक्राउने र बिहान घाम नलाग्दै मर्ने गरेको पनि जानकारी दिनुभयो । मन्दिर परिसरमा घाम लागेर परेवा तातेपछि बिहान झोक्रिएका परेवा दिउँसो सरस्वाउँदो बन्ने गरेको मन्दिर आसपासका स्थानीयवासीले जानकारी दिनुभयो । तर केही स्थानीयवासीले भने केही दिनदेखि परेवा मरिरहेकाले किन मरेका हुन् भनेर यकिनसँग भन्न नसकिने बताएका छन् ।-(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*