मकवानपुरको सबै पालिकामा एमालेको अधिवेशन सकियोः कुन पालिकामा कसको नेतृत्व ?
मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत मकवानपुरको सबै नगर तथा पालिकाहरुको अधिवेशन सम्पन्न भएको छ । एमालेले शनिवार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ६ वटा गाउँपालिकाहरुको अधिवेशन सम्पन्न गरेको हो । २ वटा पालिकाहरुमा भने त्यसअघि नै अधिवेशन सकिएको थियो ।
शनिबार हेटौंडाको अधिवेशन रोयल प्यालेसमा आयोजना हुँदा थाहा नगर अधिवेशन पालुङमा, मनहरी अधिवेशन रजैयामा, भीमफेदी अधिवेशन भीमफेदी बजारमा, ईन्द्रसरोबर अधिवेशन कुलेखानीमा आयोजना भएको थियो । यसैगरी बागमती अधिवेशन फापरबारीमा, बकैया अधिवेशन हात्तीसुँडेमा र मकवानपुरगढी अधिवेशन आमभञ्ज्याङमा आयोजना भएको थियो ।
नेकपा एमालकोे हेटौंडा नगर कमिटीको अध्यक्षमा शालिकराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । नगर कमिटीको प्रथम अघिवेशनले पुडासैनीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको हो । सो कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचिवमा बोलबहादुर कार्की तथा उपसचिवहरुमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका छन् ।
आयोजक कमिटी तथा प्रतिनिधिहरु गरी करिब ७ सय जनाको उपस्थितिमा भएको अधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, बागमती प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेकपा एमाले बकैया गाउँपालिका कमिटीको अध्यक्षमा गोपाल दाहाल चुनिएका छन् । अधिवेशनबाट दाहालको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सुस्मिता घोरासैनी, सचिवमा फूलमान भोम्जन तथा उपसचिवहरुमा याग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान चयन भएका हुन् ।
त्यस्तै ईन्द्रसरोबर गाउँपालिका कमिटीको अध्यक्षमा देवकृष्ण पुडासैनी चयन भएका छन् । शनिबार सम्पन्न पालिका अधिवेशनबाट पुडासैनीको अध्यक्षतामा सर्वसम्मत रुपमा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनवीर स्याङ्तान तथा उपसचिवहरुमा बैकुण्ठ थापा मगर र उमाकुमारी लामा चयन भएका छन् ।
एमाले भीमफेदी गाउँपालिकाको अध्यक्षमा भने सानु थापा मगर सर्वसम्मतरुपमा चयन भएका छन् । थापाको नेतृत्वमा भीमफेदीमा ५७ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा शिबराज पुडासैनी, सचिवमा शिबराम रूम्बा तथा उपसचिवहरुमा मंगलादेवी श्रेष्ठ र काशीराम बज्यु चयन भएका हुन् ।
एमाले केन्द्रीय कमिटी सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यतामा भएको अधिवेशन भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी पूर्वसल्लाहकार ठाकुरराम खड्का, जिल्ला कमिटी पूर्वसल्लाहकार द्रोणभद्र पुडासैनी, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य पार्वती राना, बागमती प्रदेश मकवानपुर सम्पर्क मञ्च सचिव राजेन्द्र कठायतलगायत जिल्ला कमिटी सदस्यहरू तथा पार्टी प्रतिनिधि तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
एमालेको बागमती गाउँपालिकामा चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । बागमती गाउँपालिका कमिटी उपाध्यक्षमा किशोर राई, सचिवमा मनोज नेगी तथा उपसचिवमा आशीष पाख्रिन र देवराज राना चयन भएका छन् । एमाले प्रदेश कमिटी सचिवालय सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवशेनले राईको नेतृत्वमा ६९ सदस्यीय कमिटी चयन गरेको छ ।
त्यस्तै एमाले थाहा नगरपालिकाको अध्यक्षमा अच्युत्तम प्रसाद ढकाल चुनिएका छन् । शनिवार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिर्टी चयन गरेको हो । उनको कमिटीको उपाध्यक्षमा हेम थिङ, सचिवमा कुमार नेगी, उपसचिवमा सुजन रायमाझी र उत्तम लामिछाने चुनिएका हुन् ।
मकवानपुरगढीको नेतृत्व भने रामजी सापकोटाले गर्ने भएका छन् । एमालेले उनको अध्यक्षतामा ६५ सदस्यीय कमिर्टी निर्माण गरेको छ ।
त्यस्तै उपाध्यक्षमा जित बहादुर घिमिरे, सचिवमा नानीराम मिमल्सिना, उपचिवहरुमा चन्द्र योञ्जन र शारदा तिमल्सिना चुनिएका हुन् । त्यस्तै मनहरी गाउँकमिटीको अध्यक्षमा नविन सुवेदी चयन भएका छन् । उपाध्यक्षमा मोहन लाल थिङ, सचिवः पोषकबाबु विष्ट, उपसचिवहरु भने टुंगिन बाँकी रहेको जनाइएको छ । एमालेले मनहरीमा सुवेदीको नेतृत्वमा ७५ सदस्यीय गाउँ कमिर्टी बनाएको हो ।




