मकवानपुर उद्योग वार्णिज्य संघको अध्यक्षमा गुप्ता
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णकुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् । उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई ९१ मत अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । गुप्ताले १ हजार १ सय ५५ मत प्राप्त गर्दा उनका प्रतिप्रधि न्यौपानेले १ हजार २ सय ४६ मत प्राप्त गरेका थिए ।
अध्यक्ष पदका लागि वाणिज्यको १ हजार ५ सय १५ मत, उद्योगको ७ सय ५३ मत, एशोसियटको १ सय १६ मत, र वस्तुगततर्फ ३१ मत गरी २ हजार ४ हजार १५ मत खसेको थियो । गुप्ता यसअघि वाणिज्य तर्फको उपाध्यक्ष रहेका थिए ।
यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल वियजी भएका छन् । उनले अर्का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पराजित गर्दै ६७२ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने ६१८ मत प्राप्त गरेका थिए । वाणिज्यमा १ हजार ८ सय ७० मतदातामध्ये १ हजार ५ सय १५ मत खसेको थियो ।
वाणिज्यको सदस्य तर्फ अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चौलागाई, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, माधव ज्ञवाली, विकेशलाल श्रेष्ठ, सुदर्शन खरेल विजयी भएका छन् । ७ जना सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका थिए । यसैगरी, वाणिज्य सदस्य महिला आरंक्षण तर्फ निलम पाण्डे र निलम वैद्य विजयी भएका छन् । जसमा पाण्डेले ९२३ मत प्राप्त गरेकी थिइन् भने वैद्यले ७९५ मत प्राप्त गरेकी थिईन् ।
यता, उद्योगतर्फको सदस्य पदमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । उनले अर्की उम्मेदवार प्रतिमा श्रेष्ठलाई ५१ मतले पराजित गर्दै विजयी भएका हुन् । रानाभाटले ३ सय ७० मत प्राप्त गर्दा श्रेष्ठले ३ सय १९ मत प्राप्त गरेकी थिइन् । उद्योगतर्फको कूल ८९१ मतदातामध्ये ७ सय ५३ जनाले मात्रै निर्वाचन प्रक्रियामा सहभागिता जनाएका थिए । यसैगरी सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् । उद्योगको सदस्य तर्फ कै सदस्य महिला आरंक्षण तर्फ सितादेवी भेटुवाल ३ सय ७९ मत प्राप्त गरी विजयी भएकी छिन् ।
त्यस्तै, मकवानपुर उद्योग वाणिज्य संघको एशोसियटतर्फको उपाध्यक्ष पदमा उज्जवल चौलागाँई विजयी भएका छन् । उनले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत मात्रै प्राप्त गरेका थिए । एशोसिएटतर्फ कूल १ सय १७ जना मतदातामध्ये १ सय ११६ जनाले मात्रै निर्वाचन प्रक्रियामा सहभागिता जनाएका थिए ।
यसैगरी गरी एशोसियटतर्फको सदस्यहरुमा अंकिता सुमार्गीको ७१ मत, गणेशप्रसाद भेटुवालको ७७ मत, नवराज खतिवडाको ५४ मत, राजाराम कार्कीको ६५ मत, राजु थापाको २८ मत , रामशरण दुलालको ३१ मत, अशोक कुमार राउतको ३७ मत र दीपक उप्रेतीको ७३ मत प्राप्त गरेका छन् । जसमा सुमार्गी, भेटुवाल, कार्की र उप्रेती विजयी भएका छन् । त्यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । उद्योगतर्फको सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका हुन् ।
यता, मकवानपुर उद्योग वाणिज्य संघको वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् । अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत पाएका थिए । निर्वाचनमा वस्तुगततर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो । २ मत बदर भएको छ । त्यस्तै, वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन् । अधिकारीले १७, अर्यालले १५ मत मत प्राप्त गरेका छन् ।
