मकवानपुर उद्योग वाणिज्य संघको एशोसिएटतर्फको उपाध्यक्षमा चौँलागाई विजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनबाट एशोसियटतर्फको उपाध्यक्ष पदमा उज्जवल चौलागाँई निर्वाचिन भउका छन् । उनले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत मात्रै प्राप्त गरेका थिए । एशोसिएटतर्फ कूल १ सय १७ जना मतदातामध्ये १ सय ११६ जनाले मात्रै निर्वाचन प्रक्रियामा सहभागिता जनाएका थिए ।
त्यस्तै एशोसियटतर्फको सदस्यहरुमा अंकिता सुमार्गीको ७१ मत, गणेशप्रसाद भेटुवालको ७७ मत, नवराज खतिवडाको ५४ मत , राजाराम कार्कीको ६५ मत, राजु थापाको २८ मत , रामशरण दुलालको ३१ मत, अशोक कुमार राउतको ३७ मत र दीपक उप्रेतीको ७३ मत प्राप्त गरेका छन् । जसमा सुमार्गी, भेटुवाल, कार्की र उप्रेती विजयी भएका छन् । त्यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । उद्योगतर्फको सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका हुन् ।
