न्यू क्यालेडोनियामा शक्तिशाली भूकम्प
न्युयोर्क, ४ मंसिर । न्यू क्यालेडोनियामा आईतबार शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार सो भूकम्प ७.३ रिक्टर स्केलको थियो ।
भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गरिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको समाचारमा जनाइएको छ । भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिलगायतको विस्तृत विवरण आएको छैन ।
