एमालेको वडा अधिवेशनः हेटौंडा १,२,३,४ र ७ मा नयाँ कमिटी निर्माण
मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ को अध्यक्षमा उत्तमप्रसाद पौडेल चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्र्दभमा हेटौँडा १ मा भएको अधिवेशनले पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटीकोे उपाध्यक्षमा जगतबहादुर थिंङ, सचिवमा नारायण सुनुवार, उप–सचिवमा रुपा ढुंगना र महम्वत सफिक चयन भएका छन् । सदस्यहरुमा इन्साफ केसी, दिपक घिमिरे, अनिल काफ्ले, राजेन्द्र लामा, मायादेबी गौतम लगाएतका रहेका छन् । कार्यक्रम एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको होे ।
त्यस्तै हेटौंडा –२ को अध्यक्षमा रामकृष्ण तिमल्सिना चयन भएका छन् । वडा अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा मिन राज पौडेल, सचिब रेणु श्रेष्ठ (गरुङ्ग), उप–सचिवमा राम प्रसाद ढोडारी र विषलाल खड्गी निर्विरोध चयन भएका हुन । अधिवेशनमा १ सय ५ जना संगठित सदस्यको उस्पस्थिति रहेको थियो ।
अधिवेशन बागमती प्रदेश कमिटी सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य मदन दाहालको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।
हेटौंडा ३ को अध्यक्षमा माधव बर्तौला चयन भएका छन् । वडा अधिवेशनले बर्तौलाको अध्यक्षतामा नयाँ कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा राजेन्द्र बर्तौला, सचिवमा बसन्तकुमार घलान, उप–सचिवमा इन्दीरा थपलिया र देबेन्द्र बर्तौला चयन भएका छन् । अधिवेशनमा विभिन्न पार्टी परित्याग गर्दै १ सय जना एमालेमा प्रवेश गरेका थिए । एमाले जिल्ला सचिवालय सदस्य फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यस्तै हेटौंडा ४ को अध्यक्षमा राजेन्द्र बस्ताकोटी चयन भएका छन् । शनिवार सम्पन्न वडा अधिवेशनले बस्ताकोटीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि निर्माण गरेको हो । कमिटिको उपाध्यक्षमा नानिराम अर्याल, सचिवमा प्रकाश सुवेदी उपसचिवहरुमा विक्रम लामिछाने र गिता त्रिपाठी चयन भएका छन् । मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्षमा कुलप्रसाद त्रिपाठी चयन भएका छन् । हेटौंडा ७ मा भएको अधिवेशनले त्रिपाठीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा उर्मिला लामा, सचीवमा सुशील सुबेदी, सहसचिवहरुमा किरण लामिछाने र रेखा मैनाली चयन भएका छन् । निर्वाचन समिति संयोजक तथा एमाले जिल्ला सचिवालय सदस्य ध्रुव प्रसाद चौलागाईंले जानकारी दिए ।
वडा कमिटी अध्यक्ष सोम बहादुर तामाङको अध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला कमिटी अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीको बिधान बमोजिम विभिन्न कमिटीमा रहेर लामो समय क्रियाशील भई उमेरले ७० बर्ष कटेका जेष्ठ सदस्य एवं ७ नम्बर वडा कमिटी अध्यक्ष सोम बहादुर तामाङ र वडाका नेता प्रेम प्रसाद गौतमलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।


