फेसबुकको नाम परिवर्तन गरिने

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकको नाम परिवर्तन गरिने भएको छ । सो कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेन्ट कन्फ्रेन्स सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिट्टै नै नाम परिवर्तन गर्ने बताइएको छ ।
फेसबुक कम्पनीले आफ्नो सोसल नेटवर्किङ प्याटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ । ततपश्चात मातृ कम्पनीको नयाँ ब्यानरभित्र अन्य प्रडक्टहरुसँगै फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । फेसबुकले पछिल्लो समय स्मार्ट चश्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको छ ।
फेसबुकलाई मेटाभर्स कम्पनीको रुपमा स्थापित गरिने कम्पनीले जनाइएको छ । स्मरण रहोस् आफ्नो कम्पनी नाम परिवर्तन गर्ने फेसबुक मात्र पहिलो कम्पनी चाहीँ होइन । गुगलले सन् २०१५ मै मातृ कम्पनीको रुपमा अल्फाबेट खडा गरी सोही मातहत रहेको छ । त्यस्तै स्नापच्याटले सन् २०१६ मा आफुलाई स्नाप इंकको रुपमा रिब्राण्ड गरेको थियो । एजेन्सीको सहयोगमा