हेर्नुहोस्, प्रदेशसभा बैठक सार्न एमालेले गरेको प्रस्ताव (पत्रसहित)

तु खबर संवाददाता
२०७८ कार्तिक ३, बुधबार १३:०६

मकवानपुर । भोलि कात्तिक ४ गते बस्ने बागमती प्रदेश सभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयसमक्ष प्रस्ताव गरेको छ । भर्खरै लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो । एमालेले बैठक ११ गतेका लागि बोलाउनसमेत प्रस्ताव गरेको छ । कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न सो दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका हुन् ।

भोलि बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि भय भइरहेको छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ता पेस गरेकी थिइन् ।

हेर्नुहोस् एमालेले प्रदेशसभा सचिवालयमा गरेको चिठीको व्यहोरा :

श्रीमान सचिव ज्यू
मिति : २०७८/०७/०३ प्रदेशसभा, बागमती प्रदेश हेटौंडा, मकवानपुर
विषय : बैठकको समय हेरफेर गरिदिने बारे ।
महोदय,
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को आशन्न महाधिवेशन तथा त्यसअघिका जिल्ला, प्रदेश स्तरका अधिवेशन एवं कार्तिक ६ गते हुन गइरहेको वडास्तरीय अधिवेशन तथा कार्तिक ९ गते हुन गइरहेको स्थानीय तहको अधिवेशनका लागि केहीदिन अघिदेखिनै पार्टीका आम कार्यकर्ता तथा जनप्रतिनिधिहरु होमिन परेका कारण माननीय सभामुख ज्यूले आगामी कार्तिक ४ गते दिउँसोका लागि बोलाउन भएको प्रदेश सभाको बैठकमा हाम्रो पार्टीका माननीय प्रदेश सभा सदस्य ज्यहरुको सहभागिता हुननसक्ने भएकोले उक्त बैठकको समयलाई हेरफेरगरी आगामी कार्तिक ११ गतेका लागि सारिदिनुहुन विनम्र अनुरोध गर्दछ ।
दीपक निरौला

मुख्य सचेतक नेकपा एमाले, संसदीय दल
बागमती प्रदेश