चीनमा भएको आगलागीमा परी १९को मृत्यु

तु खबर संवाददाता
२०७४ मंसिर ३, आईतवार १३:५५
तस्बिर–गुगल

बेइजिङ, ३ मङ्सिर । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् ।
उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो ।

स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन् । सो आवासीय घरमा भएको यस आगलागीको घटनाको बारेमा अनुसन्धान सुरु गरिएको र यसमा संलग्नताको आशङ्कामा केहीलाई नियन्त्रणमा लिइएको जनाएको छ । -(रासस/सिन्ह्वा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*