‘सँस्कृति र परम्परा सबैको साझा पर्ब हो’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सँस्कृति र परम्परा भनेको सबैले साझा रुपमा मनाउनुपर्ने बताएकी छन् । शुक्रबार नेकपा एमाले मकवानपुरले विजया दशी, शुभ दिपावली, नेपाल सम्वत तथा टठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रममा सो कुरा बताएकी हुन् ।
उनले संस्कृति र परम्परा भनेको कुनै समुदायले भन्दा पनि सबैले साझा पर्वको रुपमा मनाउनुपर्ने बताएकी हुन् । उनले आउँदै गरेको चाडपर्ब राष्ट्रिय पर्ब रहेको बताइन् । हाम्रा संस्कृतिका धरोहरहरुलाई बलियो बनाउनुपर्ने बताउँदै विभेदरहित नेपाल निर्माणमा लाग्नका सबैलाई आग्रह गरिन् । एमाले मकवानपुरका अध्यक्ष बद्री लंसालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, मकवानपुरबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, बिभीन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।
