निजामति विधेयक २०७५ फिता लिने प्रस्वात स्वीकृत

तु खबर संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १५:१५
file-photo

काठमाडौं । संघीय निजामती विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गरेको उक्त प्रस्तावमाति बहुमतले स्वीकृत गरेको हो ।

विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । तर, उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्दै फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको हो । नेकपा एमालेको नाराबाजी र अवरोधकाबीच सरकारले प्रतिनिधिसभाबाट विधेयक फिर्ता लिएको हो । प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।