एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

तु खबर संवाददाता
२०७८ आश्विन १९, मंगलवार १३:४६
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी बैठक बोलाएको छ । बैठक असोज २१ गते बिहिबार ११ बजे बस्ने गरी बोलाएको महासचिव डा. बेद्राम भुसालले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने कार्यसूचरी रहेको छ ।

केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।