मनहरी फुटबल : एफ सी पालदमार, युवा जागृती र जनजागरण युवा क्लब विजयी

तु खबर संवाददाता
२०७८ आश्विन १९, मंगलवार ०८:०८
file-photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको सोमबार तीन वटा खेल भएको छ । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरी गाउँपालिका वडा नम्वर ३ मा सुरु भएको उक्त प्रतियोगिताको सोमबार तीन वटा खेल भएको हो । सोमबारबार भएको प्रतियोगिताको पहिलो खेलमा एफ सी पालदमार – ११ विजयी भएको छ । मोडन युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै एफ सी पालदमार–११ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

यस्तै, दोस्रो खेलमा युवा जगृती क्लब विजयी भएको छन् । खेलमा सृजलशील युवा क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै युवा जगृती क्लब विजयी भएको हो । यसैगरी, तेस्रो खेलमा जनजागरण युवा क्लब विजयी भएका छन् । रमन्टार युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै जनजागरण युवा क्लब सेमी फाइनलमा प्रवेश गरेको आयोजक समितिका सल्लाकार बिशाल घलानले जानकारी दिए ।

जनआदर्श समाज युवा मनहरी–३ ले बडा दशैंको अवसरमा आयोजना गरेको उक्त प्रतियोगिता असोज २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।