झडपमा पाँच आतंकवादी र एक सैनिकको मृत्यु

तु खबर संवाददाता
२०७४ मंसिर २, शनिबार २०:३१

श्रीनगर, २ मङ्सिर / रासस/पीटीआई० : भारत प्रशासित काश्मीरमा शनिबार भएको झडपमा पाँचजना शङ्कास्पद विद्रोहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । झडपका क्रममा एक जना सैनिक कमाण्डोको पनि मृत्यु भएको छ ।

“उत्तरी काश्मिरको हाजिन क्षेत्रमा विद्रोही सशस्त्र लडाकू लुकेर बसेको सूचनाको आधारमा वायुसेनाको कमाण्डो बल विमानबाट झरेपछि दोहोरो गोली चल्दा पाँच विद्रोही र एक सेनाको मृत्यु भएको छ,” सैनिक प्रवक्ता कर्नेल राजेस खालियाले गरेका छन् ।

श्रीनगरको बाहिरी भागमा शुक्रबार पनि झडप भएको थियो । उक्त घटनामा एक लडाकू र एक जना प्रहरी अधिकारीको मृत्यु भएको थियो । काश्मिर क्षेत्र बेलायती उपनिवेशबाट सन् १९४७ मा भएको स्वतन्त्रतासँगै पाकिस्तान र भारतबीच विवादित रहँदै आएको छ । त्यस पछि विभिन्न समयमा भएका साना ठूला युद्धमा दुवैतर्फका दशौँ हजार सर्वसाधारण,सैनिक तथा लडाकूको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*