आज मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७८ आश्विन १४, बिहीबार १०:२०
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपराह्न ३ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक नियमित बैठक नै भएको बताए । उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् बिहान बिहानै सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री देउवाले अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले आज नै प्रतिनिधिसभाको बैठक बोलाएका छन् । सभामुख सापकोटाले बैठक दिउँसो १ बजेका लागि बोलाएका हुन् । एमाले सांसदको नाराबाजीका कारण यसअघि पटक–पटक स्थगित भएको प्रतिनिधिसभा बैठक आज फेरी बस्न लागेको हो । सो बैठकमा संसदको अवरोधबारे छलफल हुनेछ ।