माओवादी हेटौंडा–१६ को अध्यक्षमा दाहाल
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को अध्यक्षमा राजन दाहाल चयन भएका छन् । बुधबार सम्पन्न वडा कमिटिको सम्मेलनले दाहाललाई अध्यक्षमा चयन गरेको हो । सम्मेलनले दाहालको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको हो ।
यसैगरी, कमिटीको उपध्यक्षमा बलराम पौडेल र टेकमान थिङ, सचिवमा मोहन चन्द्रचौंलागाई, सह–सचिवमा विश्वराज बजागाँई, कोषाध्यक्षमा लक्ष्मी रसाइली चयन भएका छन् । यस्तै, वाइसीएल वडा भेला आयोजक कमिटी संयोजकमा कमल तिमल्सिनालाई तोकिएको छ ।
बागमती प्रदेश सदस्य ललित घलानको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा जिल्ला सचिवालय सदस्य तथा मकवानपुर प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), उपमहानगरपालिका पार्टी कमिटी इन्चार्ज विवेक राई, अध्यक्ष तिर्थ थापा मगर, ४ नम्बर वडा कमिटी इन्चार्ज लवराज ठकुरी, १७ नम्बर इन्चार्ज शंकर राउत, १६ नम्बर वडा कमिटी इन्चार्ज नारायण ढकाल, नगर कमिटी सल्लाहकार रंगराज अधिकारीसहितको उपस्थिति थियो ।

