एमाले फुटेको भाँडो जस्तै हो : मोक्तान

तु खबर संवाददाता
२०७८ आश्विन १३, बुधबार ०८:१०

मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले एमाले पार्टी फुटेको भाँडो जस्तै भएको बताएकी छन् । उनले फुटेको भाँडोको मूल्य र मुल्यांकन जनताले बेग्लै तरिकाले गर्ने बताउँदै एमाले फुटेको भाँडो जस्तै भएको बताएकी हुन् ।

मंगलबार भीमफेदी गाउँपालिका–९ को पार्टी वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले अब नेपाली जनताले यथास्थितिवादी पश्चगामी विचार बोक्ने पार्टी नरोज्ने र जनताप्रति जिम्मेवार पार्टी माओवादी नेपाली जनताको रोजाईको पार्टी हुने र अब माओवादीमा ०६४ मा जस्तै जन लहर आउने उनले उल्लेख गरिन् ।

सम्मेलनले मिलन गोले अध्यक्ष रहनेगरी २९ सदस्यीय वडा पार्टी कमिटी चयन गरेको छ । यस्तै, विकास मोक्तान अध्यक्ष रहने गरी २५ सदस्यीय वाइसीएल वडा कमिटी चयन भएको माओवादी मकवानपुरका प्रचारप्रसार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

यसैगरी, सम्मेलनमा एमाले, कांग्रेस, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४१ जना माओवादीमा प्रवेश गरेको प्रभारप्रसार विभाग पाख्रिनले बताए । प्रवेश गर्नेहरूमा उज्ज्वल पुलामी मगर, देबबहादुर मोक्तान, चन्द्र लामा, कमल लामा, रामबहादुर मोक्तान, वीरमान मोक्तान, कपिल तामाङ, श्रीमान मोक्तान लगायत रहेका छन् ।

पार्टी वडा सचिव उदय हट्वालले संचालन गरेको सम्मेलनमा पार्टी जिल्ला सचिवालय सदस्य तथा भीमफेदीका कमिटी इन्चार्ज बद्रीबहादुर स्याङ्तान, जिल्ला समन्वय सदस्यहरु क्रमशः रन्जित कुमार राना, अप्सरा लोप्चन, प्रिती लाल लामा, मदन बर्तौला, आत्माराम मुक्तान, गाउँपालिका पार्टी अध्यक्ष दिपक गोले, सदस्य सिताराम रुम्बा, वाइसीएल अध्यक्ष बुद्धि मान बज्यु र सचिव दिपक आलेलगायतको सहभागिता रहेको थियो ।