विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का विभिन्न पार्टी परित्यात गरी ५० जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टीको शनिबार भएको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी माओदीमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानले खादा लगाएर पार्टीमा स्वागत गरेकी हुन् । नव प्रवेशीहरुलाई पार्टीमा स्वादग गर्दै केन्द्रीय सदस्य मोक्तानले पछिल्लो समय माओवादी पार्टीप्रति झुकाव र प्रवेशको जनलहर देखिएको बताइन् । उनले पार्टीप्रति झुकाव र प्रवेशको जनलहर देखिनुले जनतामा जागरणको स्तर निकै माथि उठेको दाबी गरिन् ।
बागमती प्रदेशसभाका सदस्यसमेत रहेका उनले विगतमा माओवादी पार्टीका नेतृत्व तहबाट भएका कतिपय गल्ति कमजोरीहरुको आत्मसमीक्षा गर्दै अहिले आमजनसमुदायमाझ पार्टी विशेष अभियानकासाथ आइरहेको बताइन् । देशलाई अग्रगमण, विकास र समृद्धिको मार्गमा डोर्याउने सामर्थ राख्ने पार्टी माओवादी केन्द्र नै रहेको देशमा भइरहेको पछिल्लो गतिविधीबाट पुष्टि भएको दाबी गरिन् । कार्यक्रममा जिल्ला कमिटी सदस्य लिलाकुमार घलान, हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा नगर कमिटि अध्यक्ष तिर्थ थापा मगर, इन्चार्ज विवेक राईसहितको उपस्थिति थियो ।
