जिल्ला लिगमा फेरि भाडभैलो, फाईनल होला त ?

तु खबर संवाददाता
२०७४ मंसिर १,शुक्रबार ०६:५९
फाईल फोटो

चन्द्र घलान,

हेटौँडा, १ मंसीर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा जारी जिल्ला लिगमा फेरि भाडभैलोको अवस्था आएको छ । समग्रमा भन्दा यो वर्ष जिल्ला लिग विवादै विवादमा सकिने देखिएको छ भने प्रतियोगिताको फाईनल खेल नै होला कि नहोला भन्ने अवस्थामा पुगेको छ । गत असोज ४ गतेको खेलमा कुटाकुटकै स्थिति आएपछि स्थगित गरिएको खेल फेरि विवादमा तानिएको छ ।

पछिल्लो पटक जिल्ला लिगमा बिहीबार भएको खेललाई लिएर पराजित टिम सक्षम युवा क्लब नेवारपानीले एफसी इन्टरनेटबाट कहिल्यै नखेलाइएको र आर्मीका तर्फबाट खेलाडी खेलाएको भन्दै फुटबल संघलाई पूनः एकपटक विवादको घेरामा ल्याएको छ । क्लबका प्रशिक्षक कुमार बलका अनुसार यस अघि कुनै पनि खेलमा सरिक नभएका र एफसी ईन्टरनेटले दिएको नाममा समावेश नभएका लाई खेलाएको आरोप लगाएका छन् ।

त्यतिमात्र नभई ड्युटीबाट बिदामा बसिएको भनि दिइएको बिदाको कागजपत्र पनि किर्ते गरि नक्कली बनाइएको पाइएको बलले आज बताएका छन् । उनले किर्ते कागजका विषयमा पत्रकार सम्मेलनकै तयारी गरेका छन् ।

कुनै पनि आर्मीलाई खेलका लागि त्यसरी बिदा नदिईने र आकस्मिक रुपमा खेल्न नपाईने नियमबारे आफुले सुनेको दाबी प्रशिक्षक बलले गरेका छन् । तर फुटबल संघले भने उनी बिदाकै समयमा खेल खेल्न आएको दाबी गर्दै बिदा स्विकृत प्रमाण पत्र नै बललाई थमाईदिएका थिए । तर सो बिदाको प्रमाणपत्र समेत नक्कली बनाइएको पाइएको छ । श्री नम्बर २१ बाहिनी अड्डा तोपगाछी, झापामा खटिएका बिडारी कात्तिक २८ गतेदेखि ८ दिनका लागि बिदामा बसेको भन्दै प्रमाणपत्र देखाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*