सक्षमलाई पराजित गर्दै एफसी ईन्टरनेट फाईनलमा प्रवेश, फाईनल खेलमा नामटार र ईन्टरनेट भिड्ने

तु खबर संवाददाता
२०७४ कार्तिक ३०, बिहीबार १४:४५
फाईल फोटो

हेटौँडा, ३० कात्तिक । गत असोज ४ गते विवादका कारण स्थगित भई सुचारु भएको जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाईनल खेल भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको जिल्ला लिग फुटबल प्रतियोगितामा आज भएको सेमिफाईनल खेलमा सक्षम युवा क्लब नेवारपानीलाई ४–१ गोलले पराजित गर्दै एफसी ईन्टरनेट सिटी फाईनलमा प्रवेश गरेको छ ।

ईन्टरनेटका तर्फबाट लक्ष्मण बिडारी, शुशान्त लामा र मनोज तामाङले गोल गरेका थिए । त्यस्तै एक सुसाईड गोल सक्षमका अनिल भोलनले गरेपछि ईन्टरनेट ४ गोलले विजयी भएको हो । सक्षमका तर्फबाट एकमात्र गोल सुनिल सुनारले गरेको प्रतियोगिताका प्रेस संयोजक बिमल श्रेष्ठ टोनीले बताए ।

यसअघि नै हिजो भएको खेलमा पदमपोखरी युथ क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै एफसी नामटार फाईनलमा प्रवेश गरिसकेको छ । जिल्ला लिगको फाईनल खेल मङ्सिर २ गते दिउँंसो १ बजे ईन्टरनेट र नामटारका बिचमा हुनेछ ।
जिल्ला लिगमा अहिलेसम्मकै सबैभन्दा बढी ३७ टिमको सहभागिता रहेका छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*