प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित भएको छ । आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेको निरन्तर अवरोध भएपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् ।
यसअघि आजै बसेको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
यो बीचमा सभाको अवरोध हटाउन सभामुख सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेपनि सहमति हुन नसकेपछि बैठक स्थगित गरेका हुन् ।
पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले सदन अवरुद्ध पार्दै आएको छ ।
