प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी कायमै
काठमाडौँ । प्रतिनिधिसभाको आज आइतबार जारी बैठकमा पनि नेकपा एमालेका सांसदहरुले सभामुखविरुद्ध नाराबाजी सुरु गरेका छन् ।
नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु बेलमा आई नाराबाजी गरिरहेका छन् ।
सभामुख सापकोटाले लगातार संसद अवरोध गर्दै आएपछि एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् ।
उनले समस्याको समाधान वार्ता र संवादबाट खोज्नेसमेत बताए ।
