एमाले मकवानपुरको अध्यक्षमा बद्री लम्साल
मकवानपुर । नेकपा एमालेले बद्री लम्सालको अध्यक्षतामा ३ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
शनिवार हेटौंडामा बसेको जिल्ला कमिटी बैठकले एमाले मकवानपुरलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको हो ।
सोही निर्णय अनुसार तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकलाल श्रेष्ठ र सह–सचिवमा लालबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।
बैठक एमाले पोलिट्व्युरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको हो ।
२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजन पछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेपछि पुरोनै संरचना अनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा आज बैठक बसेको हो ।
