नेपालको विकासमा सहयोग गर्न भारतीय नेताहरुसंग अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल चार दिने भारत भ्रमण पुरा गरी स्वदेश फकिएका छन् ।
उनले विभिन्न राजनीतिक दलका नेताहरु तथा सरकारका उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेट गरी नेपालको विकासमा सहयोग गर्न आग्रह गरेका छन् ।
उनले नेताहरुसंगको संवादमा भारतबाट नेपालको संवेदनशीलतालाई मनन गरी एक असल र विशाल छिमेकीको रुपमा थप सहयोग र सद्भाव नेपालले अपेक्षा गरेको बताए ।
उनले कोरोनाविरुद्धको लडाईँमा नेपाललाई सहयोग गरेको भन्दै भारतीय सरकार तथा जनताप्रति आभार ब्यक्त गरेका छन् ।
पूर्वमन्त्री ढकालले सार्कलाई क्रियाशील बनाउनुपर्ने, क्षेत्रीय शान्ति, सुरक्षा र विकासको लागी उच्च स्तरीय समझदारी हुनुपर्ने लगाएतका धारणाहरु राखेका थिए ।
भेटमा भारतीय नेताहरुले नेपालसंगको मित्रता अतुलनीय रहेको भन्दै एक–अर्काको संवेदनशीलतालाई बुझेर मित्रता थप प्रगाढ बनाउनु पर्ने बताएका थिए ।
अध्यक्ष ढकालले पूर्व उप–राष्ट्रपति हमिद अन्सारी, भारत सरकारका कानून तथा न्याय केन्द्रियमन्त्री कीरेन रिजिजु, परराष्ट्र राज्य मन्त्री डा. राजकुमार रंजन सिंह, केन्द्रिय राज्यमन्त्री रामेश्वर तेली, बिजेपिका पूर्व महासचिव तथा आरएसएसका राष्ट्रिय कार्यकारिणी राम मानव, कांग्रेस नेता मनिशंकर एयर, बिजेपी नेता बिजय जोली, सांसद भुवनेश्वर कालिता, आम आदमी पार्टिका बिधायक अजय दत्त लगाएतका नेताहरुसंग छुट्टा छुट्टै छलफल गरेको भ्रमणमा सहभागि दलका प्रवक्ता सन्तोष पौडेलले बताए ।

ढकालको भ्रमणले दुई मित्रराष्ट्रका नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउने उनले बताए ।
त्यस्तै अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टर, दिल्लीमा आयोजित “इन्डो–प्यासिफिक क्षेत्रको शान्ति र विकासका चुनौती’’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण तथा पूर्वी एशियामा बिकसित घटनाक्रमको बारेमा गम्भीर विश्लेषण आवश्यक रहेको बताए ।
उनले म्यान्मारमा नागरिक सरकारको पुनर्बहाली गर्न तथा अफगानिस्तानमा शान्ति र मेलमिलापको खातिर सार्कलार्इ क्रियाशील बनाउनुको साथै भारतले बिशेष भूमिका खेल्नुपर्ने धारणा राखे ।
ढकालले क्षेत्रीय शान्ति र विकासकोलागि सरकार, नागरिक समाज र निजि क्षेत्रको भरपर्दो सहकार्यमा जोड दिनुपर्ने बताए । सोही कार्यक्रममा पूर्वमन्त्री मनीशंकर एयरले नेपाललगायत छिमेकि मित्रराष्ट्रप्रति भारतको पछिल्लो नीति मित्रता र बिश्वाश अभिबृद्धि गर्न असफल रहेको बताए । बिजेपी नेता तथा सांसद भुवनेश्वर कलिता, म्यानमार र अफगानिस्तानको लागी पूर्व भारतीय राजदुत गौतम मुखोपड्याय र राजिव भटिया, दिल्लीका विद्यालयक अजय दत्त, परराष्ट्र विज्ञ प्रोफेशर महेन्द्र पी लामा, पूर्व राजदुतहरु योगेन्द्र कुमार तथा केभी राजन, पूर्व मेजर जेनेरल अशोक मेहता लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

युपिएफ र आइआइपिपिबीच सम्झौतामा हस्ताक्षर
यसैबीच अध्यक्ष ढकालको भारत भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा आवश्यकता प्राप्त सस्था युनिभर्सल पीस फेडेरेसन र इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका बिचमा बिज्ञ समुह २०२२ लक्ष्य प्राप्तीको लागि एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
युनिभर्सल पीस फेडेरेसन एशिया प्रशान्त क्षेत्रका अध्यक्षसमेत रहेका ढकाल तथा इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीकाका संस्थापक निर्देशक श्री केसी सुन्दरमका बिचमा बिज्ञ समुह २०२२ लक्ष्यलाई समर्थन गर्ने सहमति पत्रमा सेम्टेम्बर ५ मा हस्ताक्षर भएको हो ।
दुवै हस्ताक्षरकर्ताहरूले एशिया प्रशान्त क्षेत्र तथा विश्वमा शान्ति, सुरक्षा तथा विकासको कार्यलाई बढावा दिने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सोही अवसरमा भारत सरकारका बिदेश राज्यमन्त्री माननीय डा. राज कुमार रन्जन, राज्य सभाको सान्सद माननीय भुवनेश्वर कालिता , नेपालका लागि पूर्व भारतीय राजदूत के भि. राजन, भारतीय जनता पार्ट्रीका नेता बिजय जोली, सुरक्षा विज्ञ प्रा. डा. महेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।

