सुदूरपश्चिम प्रदेश : एमालेकी सांसद बोहरा एकीकृत समाजवादीमा

तु खबर संवाददाता
२०७८ भाद्र २१, सोमबार १५:४५

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादी पार्टी रोकी छन् ।

बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।

प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य मात्र रहेका छन् ।

प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो, नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली काँग्रेस १२ सांसदसहित तेस्रो, नेकपा एमाले ११ सांसदसहित चौथो र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं दल भएको छ ।