जिल्ला लिगमा एफसी नामटार फाईनलमा प्रवेश, पदमपोखरी पराजित

तु खबर संवाददाता
२०७४ कार्तिक २९, बुधबार १२:२०
फाईल फोटो

हेटौँडा, २९ कात्तिक । गत असोज ४ गते विवादका कारण स्थगित भएको जिल्ला लिग फुटबल प्रतियोगिता पून सुचारु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको जिल्ला लिग फुटबल प्रतियोगितामा आज भएको सेमिफाईनल खेलमा पदमपोखरी युथ क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै एफसी नामटार फाईनलमा प्रवेश गरेको छ ।
नामटारको तर्फबाट सुमन स्याङ्तानले एकमात्र निर्णायक गोल गरेको प्रतियोगिताका प्रेस संयोजक बिमल श्रेष्ठ टोनीले जानकारी दिए । यस अघि असोज ४ गते एफसी इन्टरनेट सीटी र एफसी फापरबारी, बाग्मती गाउँपालिका बीचको खेलमा विवाद उत्पन्न हुँदा खेल रोकिन गएको थियो । खेल स्थगित हुँदा इन्टरनेटको १ गोल र फापरबारीको शुन्यको अवस्था थियो । बाँकी रहेको समय आज बिहान खेलाईएकोमा खेल गोलरहित सकिएपछि इन्टरनेट विजयी भएको छ ।
भोलि दोश्रो सेमिफाईनल दिउँसो ३ बजे सक्षम युवा क्लब, नेवारपानी विरुद्ध एफसी इन्टरनेट सिटीबिच हुनेछ । त्यस्तै जिल्ला लिगको फाईनल खेल मङ्सिर २ गते दिउँंसो १ बजे हुनेछ ।
जिल्ला लिगमा अहिलेसम्मकै सबैभन्दा बढी ३७ टिमको सहभागिता रहेका छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*