खाल्डोमा डुबेर एक बालिकाको मृत्यु
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी–१० का रामलखन खङ्गको ३ वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।
ती बालिका घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा डुबेकी थिइन्।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।
