माओवादी केन्द्र बागमती प्रदेशको इन्चार्जमा शाक्य
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको इन्चार्जमा हितमान शाक्य चयन भएका छन् ।
माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सह–इञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेसँगै बागमती प्रदेशको इन्चार्जमा शाक्य चयन भएका हुन् ।
यस्तै, माओवादी बागमती प्रदेशको सह–इन्चार्जमा हितबहादुर तामाङ, शशी श्रेष्ठ, सुर्य सुवेदीले जिम्मेवारी पाएका छन् भने अध्यक्षमा नारायण दाहालले जिम्मेवारी पाएका छन् ।
माओवादी बागमती प्रदेशको सचिवमा भने हालसम्म कसलाई जिम्मेवारी दिने भन्ने विषयमा ढुंगो लागेको छैन ।
यस्तै, माओवादी केन्द्र मकवानपुरको इन्चार्जको जिम्मेवारी कुमारीले पाएकी छन् ।
