मकवानपुरमा आज ४१ जना कोरोना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ भाद्र ६, आईतवार १६:१८
file-photo

मकवानपुर । मकवानपुरमा आज आइतबार ४१ कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलशनमा रहेको ४१ जना आज संक्रमणमसक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार , आज होम आइसोलेशनमा बसेका ३६ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् , त्यहाँ आज ३० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ४ जना, मकवानपुरढी गाउँपालिकाका ३ जना, बागमती गाउँपालिकाका २ , भीमफेदी र बकैया गाउँपालिकाका एक÷एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार १३५ जना पुगेको छ ।