मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण मनहरी गाउँपालिका वडा नम्वर १ की ९३ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, ती वृद्धाको शनिबार साँझ उपचारको क्रममा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालिन हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १५७ जनाको मृत्यु भएको छ ।
