हेटौंडाका बर्तौला एनआरएनए क्यानडाको युवा संयोजक
हेटौंडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाको युवा संयोजक हेटौंडाका सुरज बर्तौला भएका छन् ।
नेपाल कल्चर अफ सोसाइटी ब्रिटिश क्लोम्बियाका बोर्ड अफ डाइरेक्टर , हिन्दु बुद्धिस्ट फाउनडेसनका म्यानेजमेन्ट सदस्य तथा युवा व्यवसायी बर्तौलाले युवा संयोजकको जिम्मेवारी पाएका हुन् ।
विभिन्न सामाजिक काममा क्रियाशील बर्तौलाले युवा क्षेत्रमा महत्वपूर्ण काम गर्ने आफ्नो योजना रहेको बताएका छन् । युवा व्यवसायीलाई उत्प्रेरित गर्दै समाजिक क्रियाकलापमा आवद्ध भएका उनी एनआरएनको युवा हेर्ने गरी संयोजक भका हुन् ।
कोरोनाको संक्रमणको समयमा पनि बर्तौला सामाजिक काममा क्रियाशील भएका थिए । उनले युवाहरुलाई आवश्यक सहयोग समेत पुर्याएका थिए । उनै बर्तौला युवा संयोजक भएपछि यस क्षेत्रमा उल्लेख्य काम हुने विश्वास गरिएको छ ।
