महन्थ ठाकुरको पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी’

तु खबर संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १५:०९
file-photo

काठमाडौं । महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि ठाकुर पक्षले दलको नाम लोकतान्त्रिक समाजवादी राखेको हो ।

साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको छ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि नेता ठाकुरले लोकतान्त्रिक समाजवादी गठन गरेका हुन् ।