बागमतीका प्रदेश प्रमुख प्रसाई पदमुक्त हुँदै, माधव पक्षका शर्मा नियुक्त हुने
मकवानपुर । मुख्यमन्त्री फेरिएसंगै बागमती प्रदेशमा प्रदेश प्रमुख पनि फेरिने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाएर माधव नेपाल पक्षका यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउने तयारी गरेका छन् ।
विहिबार बसेको मन्त्रिपरिषद बैठकले शर्माको नाम बागमती प्रदेशको प्रदेश प्रमुखको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले पद सम्हाल्ने छन् ।
बुधबार माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरेपछि सोही क्याम्पमा उभिएका शर्मालाई बिहिबार मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
शर्मा बागमती प्रदेशका तेस्रो प्रदेश प्रमुख हुने भएका छन् । अनुराधा कोइराला ले पनि बागमती प्रदेश प्रमुखको रुपमा जिम्मेवारी संहालिसकेकी छिन् ।
