चीनबाट आइपुग्यो आठ लाख डोज भेरोसेल खोप

तु खबर संवाददाता
२०७८ भाद्र ३, बिहीबार १५:१५
file-photo

काठमाडौं । चीनबाट आठ लाख डोज भेरोसेल खोप आइपुगको छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार (हिजो) राति १२ बजे आठ लाख दोज खोप नेपाल आइपुगको हो ।

व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार, नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार आठ लाख डोज भेरोसेल खोप भोलि आउने छ भने बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।

यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।