कर्णालीमा शुक्रबार सार्वजनिक बिदा

तु खबर संवाददाता
२०७८ भाद्र ३, बिहीबार १४:५५

कर्णाली । कर्णाली प्रदेश सरकारले भोलि भदौ ४ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिन लागेको हो।

प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए।

विसं २०७२ साउन २३ गतेदेखि प्रदेशमा भदौ ४ गतेसम्म सञ्चालन भएको आन्दोलनले नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश स्थापना गरेको थियो।