मकवानपुरमा आज १०१ जना कोरोनामुक्त, सबैभन्दा धेरै हेटौंडाका

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १६:११
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप १०१ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका १०१ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ९० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ४ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका २÷२ जना, भीमफेदी गाउँपालिकाका ३ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार ८ सय ८० जना पुगेको छ ।

त्यस्तै, जिल्लामा आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज १४२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ११० जनाको पीसीआर परीक्षण गर्दा ५४जनामा र ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४६ जना, थाहानगरपालिकाका ४ जना, मकवानपुरगढी, बागमती, मनहरी, भीमफेदी र बकैया गाउँपालिकाका १÷१ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म १४ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५६ जना पुगको छ । जिल्लामा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ६५ वर्षीय एक जना पुरुष रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ५६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।