मकवानपुरमा आज ९२ जना कोरोनामुक्त, कुल संख्या १३७७९ पुग्यो

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १६:१३
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप ९२ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ९२ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ७४ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ४ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ७ जना, बकैया गाउँपालिकाका ३ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार ७ सय ७९ जना पुगेको छ ।

त्यस्तै, जिल्लामा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ३५१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ११८ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा र २३३ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १७ जना, थाहानगरपालिका र बागमती गाउँपालिकाका १/१ जना, मकवानपुरगढी, मनहरी र भीमफेदी गाउँपालिकाका २/२ जना, बकैया गाउँपालिकाका ४ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म १४ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५५ जना पुगको छ । जिल्लामा आज भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।