भरुवा बन्दुक सहित पक्राउ
कास्की , २७ कात्तिक । कास्कीको मादी गाउँपालीका–२ सिल्दुजुरे बस्ने ५४ बर्षीय राम बहादुर बि.क. लाई प्रहरीले भरुवा बन्दुक १ थान र बन्दुकको नाल बनाउन प्रयोग हुने फलामको पाइप २ थान सहित पक्राउ गरेको छ ।
वि.क. र उनको छोरा मिन बहादुर बि.क.बीच आईतबार झगडा भएको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त हतियार बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
