हेटौंडा–४ मा नेकपा एमाले निकटको युवासंघ गठन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा नेकपा एमाले निकटको युवासंघ नेपालको वडा कमिटी गठन गरिएको छ ।
शनिबार बसेको भेलाले युवा संघ, नेपाल हेटौँडा ४ मा मुकेश भुजेलको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सन्तोष मानन्धर, अमन श्रेष्ठ, सचिवमा शुभम् लम्साल, सहसचिवमा श्रीषा ढकाल, रिवेश केसी चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरू क्रमशः अनुप मानन्धर, रोशन सुवेदी, रामेश्वर दहाल, बाबुराजा थापा, प्रदीप राउत, स्वेता श्रेष्ठ, अजित भुजेल, सुमन लम्साल, नवीन पुजारी, अजय बजगाईँ, सल्लाहकारहरूमा रामकृष्ण खाती र अजय बजगाईँ चयन भएका छन् ।
