एम्बुलेन्स दुर्घटना हुँदा घर्तीको मृत्यु
रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज शनिबार बिहान ४ बजेको समयमा भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा हाल नम्वर नखुलेको एम्बुलेन्स दुर्घटना हुादा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो ।
दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।
