मकवानपुरमा थप ५० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १६:२७
file-photo

मकवानपुर । मकवानपुरमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ११४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ९४ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा र २० जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३९ जना, थाहानगरपालिकाका ३, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाका एक/एक जना, भीमफेदी, मनहरी र बकैया गाउँपालिकाका २/२ जना रहेका छन् ।

यससँगै जिल्लामा हालसम्म १४ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये हालसम्म १३ हनार ४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा आज मात्रै ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइर (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५४ जना पुगको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या १५४ जना पुगेको हो । पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय जनाएको छ ।