माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक आज शुक्रबार ३ बजे भएको हो ।
शनिबार सुरु हुने केन्द्रीय समिति बैठक अघि आज शुक्रबार स्थायी कमिटी बैठक बस्न लागेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्ने नेताहरुले बताएका छन् ।
केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको नेता देव गुरुङले जानकारी दिए ।
यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक सारेर शनिबारका लागि पुर्याइएको थियो ।
