लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार १६:०४
file-photo

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा यसअघि एमाले नेता शंकर पोखरेल थिए । उनले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।