हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सुनसरी। सुनसरीको कोशी गाउँपालिका– ४ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आज बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
