हेटौंडामा किस्ताबन्दीमा मोबाइल पाईने

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार १०:१८

मकवानपुर । हेटौंडामा संचालन रहेको सिलिकोण नेपाल प्रालीले किस्ताबन्दीमा मोबाइल दिने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित स्कुलरोडमा रहेको सिलिकोण नेपालले चार वटा ब्रान्डका मोबाइल किस्ताबन्दीमा दिने भएको हो ।

ग्राहकलाई २० हजारदेखि २ लाखसम्मको मोबाइलमा किस्ताबन्दीको सुविधा लागू गरेको सिलिकोन नेपालका सन्चालक छ्तेन्द्र आचार्यले जनकारी दिए ।

उनका अनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा मोबाइल पाउनेछन् ।

उनका अनुसार, एप्पल, वान प्लस, एमआई र सामसुङ ब्रान्डमा मोबाइल किस्ताबन्दीमा दिने भएको हो । त्यसको लागि हिमालयन बैंकमा  खाता खोली क्रेडिट कार्ड लिनुपर्ने छ ।

किस्ताबन्दीको समय १२ महिनाको लागि हुने सिलिकोन नेपालले जनाएको छ ।

पछिल्लो समय किस्ताबन्दीमा ग्राहकको चाहाना र माग निकै बढेकाले हेटौंडामा किस्ताबन्दीको योजना ल्याएको सिलिकोन नेपालका संचालक आचार्यले बताए ।