मनहरीको दुई वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार ०७:५३

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको दुइ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

ठेक्का मार्फत निर्माण भएको साढे दुइ तल्लाको वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार, मनहरी गाउँपालिका वडा नम्बर–२ र ५ को वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको हो । अन्य चार वटा वडा कार्यालयका भवनको भने निर्माण भइरहेका छन् ।

मनहरीको वडा नम्बर १, ६, ७ र ९ को वडा कार्यालयको भवन निर्माणको काम भइरहेको उउनले ताए । उक्त भवन आगामी कात्तिक महिनासम्ममा सबै वडा कार्यालयहरु भाडाको घरबाट आफ्नै सुबिधा सम्पन्न कार्यालयमा सरिसक्ने अध्यक्ष उप्रेतीले बताए ।

पहिले साविकको मनहरी र हाँडीखोला गाबिसका भवनमा दुइ वटा वडा कार्यालय रहेपनि अरु ६ वटाका लागि समस्या भएको थियो । कार्यालय भवन नभएका वडा कार्यालयहरु ठेक्का मार्फत निर्माण भएको हो ।

प्रत्येक वडा कार्यालयहरुमा सात वटा कोठा, वडा सचिवका लागि आवास र हलसहित निर्माण गरिएको छ ।