जसपाको कार्यकारिणी समितिमा ३५ सदस्यीय कायम

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार १६:२४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ ।

आयोगले एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, यससँगै अब जसपामा उपेन्द्र यादव एक जना मात्र अध्यक्ष कायम भएका छन् ।

जसपामा एक जना अध्यक्ष कायम भएसँगै महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ । यसअघि जसपामा दुई जना अध्यक्ष रहेको थियो ।

आयोगमा हेड काउन्ट हुँदा महन्थ ठाकुरसहित जसले विपक्षमा मतदान गरेका थिए । उनीहरुको नाम कार्यकारिणी समितिबाट हटाइएको जसपाले जनाएको छ ।