मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार ०९:२०

धनगढी । कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकलमा सवार बर्दगोरिया गाउँपालिका–१ बस्ने ७२ वर्षीय जगतबहादुर साउद रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बर्दगोरिया गाउँपालिका–१ स्थित से ७ प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।