त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १८:२८
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उक्त निर्णय लिएको हो ।

हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक जोशीले बताए ।

त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ ।