नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम सकियो

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १४:४५
Madhav- kumar- nepal

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।

काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको हो । जसमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना बोलेका हुन् ।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केही समयका लागि बैठक स्थगित गरिएको छ । केन्द्रीय समिति बैठक स्थगित गरेर माधव पक्षको स्थायी समिति बैठक सुरु भएको छ ।

स्थायी समिति बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको कस्तो जवाफ दिने भन्ने छलफल हुनेछ ।

छलफलपछि नेता माधव कुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेको बुझिएको छ ।